Comments Add Comment

चट्याङ लागेर ताप्लेजुङमा एकको मृत्यु

रविन भट्टराई

१० बैशाख, ताप्लेजुङ । चट्याङले लागेर ताप्लेजुङमा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

बुधबार दिउँसो परेको चट्याङले लागेर ताप्लेजुङको डुम्रिसेका ३३ वर्षका प्रतिमान विकका छोरा बमबहादुर विकको ज्यान गएको हो । चट्याङले लागेर प्रतिमानकी नातिनी रिता विक घाईते भएकी छन् । घाईते विकको जिल्ला अस्पताल पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।

दिउँसो डोको बुनेर घर भित्र पस्दै गरेका विकलाई चट्याङले लाग्दा घटनास्थलमै ज्यान गएको स्थानय राम कंलिवाले जानकारी दिए ।

कोठामा बसिरहेकी रिता चट्याङले लागेर बेहोस भएकी थिईन । घाईते विकलाई राति करिव ११ वजे उपचारका लागि पाचथर लगिएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment