Comments Add Comment

पूजाको प्रसाद खाँदा घरका सदस्य र पाहुना बिरामी

निमुसंगम घर्ती

१० वैशाख, घोराही । दाङको घोराही नगरपालिका ११ का नरबहादुर बस्नेतको घरमा लाखबत्ती पूजामा बनाइएको प्रसाद खाँदा नरबहादुरको परिवार सहित पाहुना गएका सबै विरामी परेका छन् । विरामी भएका मध्य २६ जना विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

प्रसाद खाएकाहरुमा झाडाबान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने र रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको छ । उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा पुगेका २६ जना बिरामी मध्य सिकिस्त अवस्थाका पाँच जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।

सिकिस्त बिरामी परेका घरधनी नरबहादुर बस्नेत, पाहुना आएका जितलाल बस्नेत, चेता वली, सुनादेबी बस्नेत र सुमित्रा बस्नेतलाई उपक्षेत्रीय अस्पताल घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

अन्यको घोराहीमा उपचार भैरहेको छ । अन्य गाउँबाट पाहुना पर्न आएका र घर फर्किएकाहरु पनि बिरामी भएको र विभिन्न स्वास्थ्य चौकीमा उपचारत रहेको प्रहरीले जानकारी दिएको छ ।

विरामीहरुले खिर, हलुवा, दूध, सातु, अचार खाएको र विरामी परेको बताएका छन् ।

राप्ती उपक्षेत्रीय अस्पतालका प्रमुख डा. विकास देवकोटाले ‘फुड प्वाईजन’ भएको हुन सक्ने बताए । जुन बस्तु खाएको हो ति बस्तुहरुको नमुना परिक्षण गरेर कारण वास्तविकता पत्ता लाग्ने डा. देवकोटाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment