Comments Add Comment

दश दिनमा ७ क्विन्टल प्लाष्टिकका झोला जफत

Inviroment-department

१० वैशाख, काठमाडौं । वातावरण विभागले प्रतिवन्ध उल्लंघन गरेको भन्दै झण्डै ७ क्विन्टल प्लाष्टिकका झोला जफत गरेको छ ।

वैशाख १ गतेबाट सरकारले निश्चित मापदण्डका प्लाटिकका झोला प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, वातावरण विभागले बिहीबार पत्रकार सम्मेलन गरी ७ सय विक्रेता, २८ वटा डिपार्टमेन्टल स्टोर, तरकारी बजार, थोक तथा खुद्रा विक्रेताको अनुगमन गरिएको जनाएको छ । यस क्रममा मापदण्डविपरीतका झण्डै ७ सय केजी प्लाष्टिकका झोला जफत गरिएको छ ।

रेग्मी प्लाष्टिक उद्योग, अधिकारी प्लाष्टिक उद्योगसहित ८ वटा थोक विक्रेता, एक डिपार्टमेन्टल स्टोर र दुई जना व्यक्तिलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । वातावरण संरक्षण ऐनमा पचार हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

उपत्यकामा मापदण्ड विपरीतका प्लाष्टिक झोला आयात हुन नदिन विभागले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा टोली खटाइ निगरानी गरिरहेको विभागले जनाएको छ ।

विभागका अनुगमनको लागि बिहीबारबाट १८ वटा टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment