+
+

रक्तदानमा पनि ‘होस्टेल रिटर्न्स’

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १६:२७

hostel-returns
शुक्रबार हात्तीबनमा आयोजना गरिएको रक्तादन कार्यक्रममा चलचित्र ‘होस्टेल रिटर्न्स’ले ऐक्यवद्धता जनाएको छ । निर्माता एवं कलाकार सुनिल रावल र कलाकार सुशिल श्रेष्ठले रक्तदान गरेका थिए ।

निरंकारी मिसनले आयोजना गरेको कार्यक्रममा यो चलचित्रले सहकार्य गरेको हो । मानव एकता दिवसको छेकोमा कार्यक्रम गरिएको थियो । कलाकार तथा निर्माताले समाजसेवामा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रले प्रचारप्रसार आरम्भ गरेको लामै समय भैसकेको छ । सुरज भुषालले निर्देशन गरेको चलचित्रमा शशी श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, स्वस्तिमा खड्का, सुदाम सीके लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?