Comments Add Comment

Live Update : विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १४५७ पुग्यो

१२ वैशाख, काठमाडौं । शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति भएको छ । अर्थमन्त्री रामशरण महतले नेपाल आर्मीलाई उदृत गर्दै जनाए अनुसार १ हजार ४ सय ५७ जनाको शव भेटिएको छ । १ हजार ५५ घाइतेको उद्दार गरिएको छ ।

Earth

सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ २५० भन्दा बढीको मृत्यु भएको छ । काठमाडौंमा १८१, भत्तपुरमा १४४ र ललितपुरमा ८८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

राजधानीका अधिकांश अस्पतालमा विरामीको भिड छ । पटक पटक भूकम्पको धक्का महसुस भएका कारण अस्पतालहरुले समेत विरामीहरुलाई बाहिर नै राखेर उपचार गरिएको छ ।

भूकम्पको केन्द्र भनिएको गोरखाको बार्पाकतर्फ नाइट भिजन हेलिकोप्टर पठाइएको छ । भूकम्पले २७ जिल्ला प्रभावित भएको छ । अहिले पनि विवरण संकलनको काम भइरहेको छ ।

eathquake in Nepal (8)

bhukampa  (1) bhukampa  (2) bhukampa  (3) bhukampa  (4) basantapur basantapur-2 basantapur-3 basantapur-4 basantpur pokhara

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment