+
+

क्याबिनेट बैठककक्षमै सुते प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १४ गते १०:३२

१४ वैशाख, काठमाडौं । जकार्ता भ्रमणमा रहेकाले प्रधानमन्त्री सुशील कोइराला ठूलो भूकम्पको धक्काबाट बचे पनि आएतबार नेपाल फर्केपछि उनलाई चयन भएन ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री काठमाडौं फर्केपछि आइतबार दिउँसो भूकम्पको धक्का आएको थियो । त्यसपछि आइतबार साँझ र रातिसमेत पटक-पटक भुकम्पको धक्का महसुस भयो ।

प्रधानमन्त्री सुशील कोइराला आइतबार राति बालुवाटारस्थित आफ्नो शयन कक्षमा सुतेनन् । प्रधानमन्त्री कोइराला तल्लो तलामा रहेको क्याबिनेट बैठक कक्षमै सुतेको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्री निवास परिसरमा त्रिपाल टाँगिएको भए पनि प्रधानमन्त्रीलाई चिसोले समस्या पार्ने भएकाले त्रिपालमा नसुतेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसैवीच राष्ट्रपति डा. रामवरण यादव राष्ट्रपति कार्यालय परिसरको त्रिपालमा सुतेका थिए भने शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र मोहन वैद्य आ-आफ्नो निवासको आँगनमा टेण्ट हालेर बसेका छन् ।

एमाले अध्यक्ष केपी ओली पनि भाग्न सजिलो होस् भनेर भुइँ तलामा सुतेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?