+
+

भूकम्पपीडित भन्छन्- सरकार कहाँ छ ? (फोटोकथा)

१४ वैशाख, काठमाडौं पाटन बहुमुखी क्याम्पसको प्राङ्गणमा पुग्दा भूकम्पपीडितहरु आक्रोश पोख्दै थिए, सरकार कहाँ छ ? क्याम्पसको प्राङ्गणमा महिलाहरु खाना बनाउनमा व्यस्त थिए भने बालबालिका, वृद्धवृद्धादेखि युवाहरु चहल-पहल उस्तै थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १४ गते १४:३४

960_earthquake_day 3नारायण पंगेनी

१४ वैशाख, काठमाडौं पाटन बहुमुखी क्याम्पसको प्राङ्गणमा पुग्दा भूकम्पपीडितहरु आक्रोश पोख्दै थिए, सरकार कहाँ छ ? क्याम्पसको प्राङ्गणमा महिलाहरु खाना बनाउनमा व्यस्त थिए भने बालबालिका, वृद्धवृद्धादेखि युवाहरु चहल-पहल उस्तै थियो ।

भूकम्प प्रभावितहरु क्याम्पसको तीनतिरको भवन परिसरमा टेण्ट टाँगेर बसेका छन् । आफैं व्यवस्थापन गरी पाल टाँगेर बसेका उनीहरु भन्दै थिए, ‘बजारमा केही किन्न पाइँदैन । चिउरा किन्न पनि मुस्किल हुन थालिसक्यो ।’

घरबाट ल्याइएको राशन पानीले पुग्दासम्म खाने हो, त्यसपछि के खाने हो भन्ने उनीहरुको गुनासो छ । पाटनढोकामा भाडा बसेका काभ्रे बेबरकी चिनिमायाँ लामाको आक्रोश थियो, ‘हामीले के खायौं, के खाएनौं भन्ने चिन्ता कसलाई छ र ? सरकार कहाँ छ भन्ने हामीलाई थाहा छैन ।’

ग्यास सिलिण्डरसहित सबै सामग्री बोकेर पालमुनि पुर्‍याएकी धनकुमारी श्रेष्ठको आक्रोश पनि उस्तै थियो । उनले पनि तीन दिनदेखि खुला आकाशमुनि बस्दासमेत कोही सोध्न नआएको गुनासो गरिन् ।

‘भूकम्पले घर चर्किएको छ, घरमा बस्ने अवस्था छैन,’ धनकुमारीले भनिन्, ‘यसैगरी कहिलेसम्म बस्ने ?’ ललितपुरको पाटन क्याम्पस, ललितपुर उपमहानगरपालिकाको कार्यालय परिसर, मंगल बजार, बाग्मतीको नदी किनार तथा स्कुल क्याम्पस र खुला क्षेत्रमा पाल टाँगेर बस्दै आएका छ ।

Earthquake Dessaster (18)शिविरमा खानेपानीको समस्या

स्कुल, क्याम्पस तथा खुला स्थानमा अस्थायी टहरा बनाएर बसेका भूकम्प प्रभावितहरुलाई बस्ने समस्या त छँदैछ, दैनिक उपभोग्य वस्तुको अभाव र खानेपानीको समस्या पनि विकराल बनेको छ ।

एक साताअघि घरमै धारामा थापेको पानी बोकेर शिविरसम्म ल्याएका छन् । उनीहरुले प्रदुषित पानी सिधै पिउने गरेका छन् । स्वच्छ खानेपानीको समस्याले गर्दा महामारी फैलिनसक्ने सम्भावना बढेको छ ।

Earthquake Dessaster (1) Earthquake Dessaster (2) Earthquake Dessaster (4) Earthquake Dessaster (5) Earthquake Dessaster (7) Earthquake Dessaster (10) Earthquake Dessaster (11) Earthquake Dessaster (12) Earthquake Dessaster (13) Earthquake Dessaster (14) Earthquake Dessaster (16) Earthquake Dessaster (17)

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?