काठमाडौं । नइ प्रकाशनले ‘नइ प्रकाशन भूकम्प पीडित उद्धार कोष’को स्थापना गरेको छ । उक्त कोषमा जम्मा भएको रकम सोझै ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा हस्तान्तरण हुने व्यवस्था गरिएको छ ।
नइ प्रकाशनले नइ कोषमार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा पाँच लाख रुपियाँ प्रदान गरेको छ ।
प्रभु बैंक लिमिटेडमा रहेको खाता नम्बर ००१००१००६६७३१५०००००१ मा गच्छे अनुसारको सहयोग गर्न नइ प्रकाशनले सहृदयी महानुभावहरुलाई अनुरोध गरेको छ ।
१० हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुको नाम नइ प्रकाशनको वार्षक अभिलेख ग्रन्थमा हरेक वर्ष उल्लेख गर्ने सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।