Comments Add Comment

फोहोर उठेन, महामारीको खतरा

१९ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा चार दिनदेखि थुप्रिएको फोहोर शनिबारबाट उठ्ने भएको छ । महानगरपालिका र नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्ड साइडका स्थानीयबीच विवाद मिलेपछि शनिबारबाट फोहोर उठाउने सहमति भएको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

सिसडोल चौरमा बसेका भूकम्पबाट विस्थापित स्थानीयलाई पाँच सय थान त्रिपाल दिने सम्झौता भएपछि विवाद मिलेको नयाँ पत्रिकामा खबर छ । त्रिपालको माग गर्दै सिसडोलका विस्थापितले फोहोर फाल्न अवरोध गरेको नयाँ पत्रिकामा खबर छ ।

सिसडोलमा अवरोध भएपछि फोहोर उठाउने ठेकेदार कम्पनीले टेकुमा फोहोर जम्मा गर्न लगेको थियो । टेकुमा पनि स्थानीयले विरोध गरेपछि महानगरपालिकाबाट फोहोर उठ्न सकेको थिएन ।

महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले शनिबारबाट फोहोर उठ्ने बताए । काठमाडौंको फोहोर नउठे विभिन्न रोगको संक्रमण फैलिएर महामारीको रुप लिने खतरा बढेको छ । गत शनिबारदेखि महानगरपालिकाभित्रबाट फोहोर उठेको छैन् । सडक तथा सहरका चोकमा फोहोर फालिएका छन् । सडकमै फोहोर कुहिन थालेपछि सहर नै दुर्गन्धित भएको छ । भूकम्पपीडित पनि सडक तथा चौरमा बसेकाले फोहोरबाट विभिन्न रोगको संक्रमण फैलन सक्ने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment