Comments Add Comment

भूकम्प पीडितलाई ४० हजारमै नयाँ घर !

१९ वैशाख, काठमाडौं । इन्जिनियरिङका विद्यार्थीहरुले भूकम्पले भत्किएका घरहरुको सामाग्रीलाई नै पुनः प्रयोग गरेर छोटो समयमा नै नयाँ घर बनाउने प्रयास थालेका छन् ।

पुल्चोकसहितका इन्जिनियरिङका विद्यार्थीहरुले अहिले ललितपुरको बुङ्मतीमा परीक्षणका रुपमा काम गरिरहेका छन् । यो सफल भयो भने भूकम्पले घर भत्किएका तथा क्षति पुगेका नेपालीहरुलाई ठूलो राहत हुनेछ ।

२००८ मा चीनमा ८ रिक्टर स्केलको भूक्म्प जाँदा ७० हजार मानिस घरविहीन भए । भत्किएका घरको सामाग्री पुनः प्रयोग गरेर घर बनाउँदै
सन् २००८ मा चीनमा ८ रिक्टर स्केलको भूक्म्प जाँदा ७० हजार मानिस घरविहीन भए । भत्किएका घरको सामाग्री पुनः प्रयोग गरेर घर बनाउँदै

इन्जिनियरिङका विद्यार्थीहरुले ‘हामी सक्छौं’ भन्ने अभियान अन्तर्गत यो प्रयास थालेका हुन् । ‘भूकम्पबाट प्रभावित मानिसहरुलाई कसरी पहिलाकै जीवनमा फर्काउन सकिन्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो’ अभियानका सदस्य भुवन गुरुङले अनलाइनखबरसँग भने ।

नेपालका विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघले नै उत्तम मानेको ‘अर्थ ब्याक हाउजिङ’ अवधारणालाई नेपालको माटो सुहाउँदो बनाउने प्रयास गरेका छन् ।

गुरुङका अनुसार अहिले तयार पारिएको अवधारणा अनुसार भूकम्पले भत्किएको घरका काठ, ईंटा, ढुंगा, लगायतका बस्तु प्रयोग गरेर घर बनाइने छ । उनीहरुले तयार पारेको डिजाइन अनुसार यस्ता घरहरु एकतले हुनेछन् । आकार भने परिवारका सदस्यहरुको संख्या र उनीअरुको आवश्यकतामा निर्भर गर्ने छ ।

यस्तो घरको लागत ३० देखि ४० हजारसम्म हुने अनुमान गरिएको छ । गुरुङले भने-सामान्यतया १० देखि १५ जनाले एक दिनमा एउटा घर बनाउन सक्छन् ।’

बुङ्मतीमा बनिरहेको नमुना घर बनेपछि सबैलाई देखाउने र उपयुक्त भए भूकम्प प्रभावित क्षेत्रहरुमा यसलाई विस्तार गर्ने उनीहरुको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment