Comments Add Comment

बन्दुक पड्किँदा भाइको मृत्यु, दाइ घाइते

२२ वैशाख, अर्घाखाँची । अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सिमलपानी गाविस वडा नं १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय बालक सात वर्षीय जीवन घर्ती मगरको ज्यान गएको र जीवनका दाजु शेरबहादुर घर्ती मगर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, ठाडाले बताएको छ ।

घर नजिकै मानिस नबस्ने यमबहादुर परियारको घरमा भरुवा बन्दुक देखेपछि पड्काउन खोज्दा जीवनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए । भरुवा बन्दुक कसले केका लागि राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment