Comments Add Comment

सुशील, केपी र प्रचण्ड एउटै हेलिकोप्टर चढेर भूकम्प प्रभावित क्षेत्रमा

२३ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु एकसाथ भूकम्प प्रभावित जिल्लाको अवलोकन गर्न गएका छन् । अवलोकन टोलीमा सुरक्षा अधिकारीहरु समेत छन् ।

Sushil,-KP-and-Prachand

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भूकम्प प्रभावित जिल्ला भ्रमणमा निस्किएका हुन् । उनीहरुको साथमा तीनवटै सुरक्षा निकायका प्रमुखसमेत छन् ।

प्रमुख दलका शीर्ष नेताहरुलाई लिएर नेपाली सेनाको हेलिकोप्टर बुधबार विहान रसुवा उडेको छ । त्यसपछि उनीहरु नुवाकोट र धादिङ पुग्ने छन् । जिल्ला भ्रमणको क्रममा नेताहरुले भूकम्प पीडितहरुको अवस्था, उद्धार र राहत वितरणबारे जानकारी लिने छन् ।

राजनीतिक मुद्दामा फरक विचार राख्ने शीर्ष नेताहरुले राष्ट्रिय विपत्तिकाबेला एकताको सन्देश दिएका छन् ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले गोर्खा र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment