Comments Add Comment

बसुन्धराको चिरायु हस्पिटलमा जटिल शल्यक्रिया निःशुल्क

२३ बैशाख, काठमाडौँ । बसुन्धरास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटले भूकम्पका कारण गम्भीर घाइते भएका २६ जनाको जटिल शल्यक्रिया निःशुल्क गरेको छ ।

सो अस्पतालले भारतको कर्णाटकदेखि विशेषज्ञ चिकित्सक ल्याई ढाड, हात, खुट्टा भाँचिएर आएका बिरामीलाई सेवा उपलब्ध गराएको हो ।

अस्पतालले अघिल्लो दिन धादिङकी ७२ वर्षीया राममाया गुरुङको भाँचिएको ढाडको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको र त्यसको लागत रु एक लाख पर्ने भए पनि निःशुल्क सेवा प्रदान गरेको अस्पतालका निर्देशक सञ्जीव राजभण्डारीले जानकारी दिए ।

त्यसैगरी भूकम्पबाट अति प्रभावित क्षेत्रमध्ये सिन्धुपाल्चोक र नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गरी पाँच सय चार जनालाई सेवा उपलब्ध गराई पाल, खाद्य सामग्रीलगायत राहतस्वरुप प्रदान गरेको अस्पतालले जनाएको छ ।

निर्देशक राजभण्डारीले विनाशकारी भूकम्पबाट ठूलो धनजनको क्षति भएको अहिलेको अवस्थामा हताहत भई घाइते भएका सो अस्पतालमा आएमा अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्न सञ्चालन गरेको निःशुल्क सेवालाई निरन्तरता दिइने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment