मुम्बई । ‘हिट एण्ड रन’को मामलामा अदालतले सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाएपछि अहिले सलमानका खानको निजी निवास ग्यालेक्सि अपार्टमेन्टमा सलमानलाई सान्त्वना दिनेको भीड लागेको छ ।
शाहरुख खान, आमिर खान लगायत अरु धेरै पुराना कलाकार समेत सलमानलाई सान्त्वना दिन गइरहेको बेला पूर्वप्रेमीका कटि्रना कैफ भने सलमानको छेउमै परेकी छैनन् ।
ब्रेकअप पछि पनि सलमान र कट्रिनाको ब्यबसायिक सम्बन्ध राम्रै थियो । सलमानमात्रै नभएर उनको परिवारसँग पनि कट्रिनाको नियमित भेटघाट हुने गरेको थियो । प्रेम सम्बन्ध अगाडी बढ्न नसकेपनि सलमानले कैटलाई अभिभावकत्व दिन छाडेका थिएनन् ।
प्रिती जिन्टा, रानी मुखर्जी, बिपाशा बसु, सोनाक्षी सिन्हा लगायतका नायिकाले सलमानलाई घरमै भेटेर सान्त्वना दिएका छन् ।
तर, कैट भने आफुलाई बलिउडमा स्थापित गराउने सलमानलाई अहिलेसम्म ढाडस दिन गएकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4