Comments Add Comment

भूकम्पका कारण १० लाख बालबालिका स्कूल जानबाट बञ्चितः युनिसेफ

२७ वैशाख, काठमाडौं । दुई साता अघिको विनाशकारी भूकम्पका कारण नेपालका झण्डै १० लाख बालबालिका स्कुल जानबाट बन्चित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ ।

shcool (5)युनिसेफका अनुसार भूकम्पका कारण २४ सय कक्षाकोठा भत्किएका छन् भने धेरै कक्षकोठाहरुमा क्षति पुगेको छ । तत्काल बैकल्पिक व्यवस्था नगर्ने हो भने ९ लाख ९० हजार बालबालिका स्कुल जान नसक्ने उसले जनाएको छ ।

युनिसेफका नेपाल प्रतिनिधि टुमो होजुमीले भनिन्-भूकम्पभन्दा पहिले स्कुल जाने झण्डै १० लाख बालबालिकाको स्कुलको भवन छैन् ।’

भूकम्पपछि प्रभावित जिल्लाहरुको सबै स्कुल बन्द गरिएको छ । उपत्यकाका सरकारी तथा निजी विद्यालयहरु जेठ १ गतेबाट सञ्चालन गर्ने तयारी छ । तर, सिन्धुपाल्चोक, गोरखा, रामेछाप, काभ्रे, धादिङ, नुवाकोट लगायतका भूकम्पबाट अति प्रभावित जिल्लाहरुका बालकालिकाको हकमा के गर्ने भन्ने कुनै निर्णय हुन सकेको छैन ।

सिन्धुपाल्चोक, गोरखा र नुवाकोटमा ९० प्रतिशत स्कुलका भवन भत्किएका छन् । धादिङका ८० प्रतिशत स्कुलका भवनहरु भत्किएका छन् ।

नेपालमा स्कुल जाने बालबालिकाको प्रतिशत राम्रो छ । तर, विभिन्न कारणले विचमा नै स्कुल छाड्ने दर बढ्दो छ । यो भूकम्पपछि स्कुल छाड्नेहरुको संख्य बढ्न सक्ने भएकाले तत्काल बैकल्पिक व्यवस्था गरेर पठन-पाठन सुचारु गर्नु पर्ने युनिसेफको जोड छ ।

भूकम्प प्रभावित बालकालिकाहरुलाई स्कुल फर्काउन आवश्यक सहयोग गर्ने युनिसेफले बताएको छ । युनिसेफले तीन महिनाका लागि प्रारम्भीक चरणमा ५ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment