Comments Add Comment

गर्मी मौसममा दहीका फाइदै फाइदा

cordगर्मी महिनामा धेरै मानिस पिरो तथा मसलेदार खानेकुराबाट टाढै रहन खोज्दछन् । पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने जस्ता समस्याका कारण गर्मीयाममा स्पाइसी खानेकुराहरु रोजाइमा पर्दैनन् । वास्तवमा गर्मी महिना खानेकुरामा निकै सावधानी अपनाउनुपर्ने मौसम पनि हो । यो समयमा संक्रमणको जोखिम उच्च हुने, खाद्यपदार्थहरु सड्ने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा सरीरको पाचन क्रियामा पनि दखल पुग्नजान्छ ।

गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ । गर्मीमा दहीका फाइदा यस्ता छन्-

· खानासँगै दही पिउँदा खानेकुरा सजिलैसँग पच्छ, र अपचको समस्या कम हुन्छ ।

· दहीको सेवनले सरीरमा बोसाको मात्रा पनि नियन्त्रण गर्न सहयोग गछ ।

· सरीरको तापक्रमलाई सन्तुलनमा राख्ने तथा आँतको गर्मी हटाउने काममा पनि दही लाभदायक हुन्छ ।

· गर्मीयाममा भोक नलाग्ने तथा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ । यस्तोमा दहीको सेवनले भोक जगाउँछ ।

· गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरी केही समय राखेर राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्दछ ।

· गर्मीमा घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा डढेर अँध्यारो बनेको छाला चम्किलो बन्दछ ।

· दुध चुस्ने बच्चाहरुलाई दुध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएको छ भने दहीमा मह मिलाएर खुवाउँदा फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment