+
+

त्रिपालमुनि उद्योग वाणिज्य महासंघका अध्यक्ष भेटिएपछि… (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३१ गते १०:००

Fncci३१ वैशाख, काठमाडाैं । बिहीबार दिउँसो अनलाइनखबरकर्मी पुष्प दुलाल र कविन अधिकारी निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको टेकुस्थित कार्यालय पुग्दा परिसरमा त्रिपाल मुनि रहेको कार्यालयमा कार्यवाहक अध्यक्ष पशुपति मुरारका महासंघका फाइलहरूमा हस्ताक्षर गरिरहेका थिए ।

अनलाइनखबरकर्मीलार्इ देख्नेबित्तिकै मुरारकाले भने -‘दोस्रो भूकम्पले त्रास बढायो, त्यसैले त्रिपाल मुनि कार्यालय सञ्चालन गरेका हाैं ।’

गत वैशाख १२ गतेको भूकम्पपछि महासंघले अाफ्नो ६ तले भवनको पहिलो तलामा कार्यालय सञ्चालन गरिरहेको थियो । भूकम्पले सर्वसाधारणजस्तै उद्योगी व्यवसायीहरू पनि अातंकित भएको मुरारकाले बताए ।

fncci1

‘दोस्रो भूकम्पपछि देशभरका अधिंकाश उद्योगहरू बन्द भएका छन्,’ उनले भने, ‘श्रमिक र उद्योगी दुबै अातंकित भएपछि उद्योग चलाउन सकिएको छैन ।’

महासंघले देशभर भएका उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी र अाैद्योगिक क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न लागिएको उनले जानकारी दिए ।

महासंघले भूकम्प पीडितलार्इ १० करोड रूपैयाँ राहत घोषणा गरिसकेको छ भने व्यक्तिगतरूपमा पनि उद्योगी व्यवसायीले करोडाैं रूपैयाँ राहत दिएका छन् ।

fncci2

fncci4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?