Comments Add Comment

कोहलीको छक्कासँगै बैंग्लोर विजयी

Virat-Kohli

२ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइज हैदराबादलाई डीएल मेथडका आधारमा ६ विकेटले पराजित गरेको छ ।

जितसँगै बैंग्लोर १५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १४ अंकका साथ चौथो स्थानमा छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा घरेलु हैदराबादले ३ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि मोइज हेनरिक्सले २२ ब लमा ५ चौका र ४ छक्काको मदतमा ५७ रन बनाए । डेभिड वार्नरले ३२ बलमा ५२ रन बनाएर अविजित रहे । शिखर धवन ८ तथा इयान मोर्गानले ११ रन जोडे ।

बैंग्लोरले जवाफी ब्याटिङ नगर्दा नै फेरि वर्षा भएपछि ६ खेल ओभरमा छोट्याइयो र बैंग्लोरलाई ८१ रनको नयाँ लक्ष्य दिइयो ।

क्रिस गेल र बिराट कोहलीले विस्फोटक ब्याटिङ गरे । गेल १० बलमा ३५ रन जोडेर आउट भए । गेल आउट भएपछि खेलमा उतारचढाव आयो ।

डिभिलियर्स शून्यमै आउट भए भने मन्दिप सिंह १ र दिनेश कार्तिक २ रनमा आउट भए । तर, कोहली क्रिजमा टिकिरहे र अन्तिम बल खेल्नुअघि छक्का हान्दै जित दिलाए ।

कोहलीको विजयी शर्ट वार्नरले क्याच लिएका थिए । तर, खुसी मनाउने क्रममा बाउन्ड्री छोएपछि रेफ्रीले छक्का दिए र बैंग्लोर विजयी भयो ।
कोहली ४४ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment