Comments Add Comment

राजनीतिक संकट अन्त्य गर्न सहमतीय सरकार आवश्यक : गच्छदार

२ जेठ, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले विनाशकारी भुकम्पपछिको राष्ट्रिय संकट र मुलुकमा रहेको राजनीतिक संकट अन्त्यका लागि हप्ता/दश दिन भित्र सबल र सक्षम नेतृत्वको सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने बताए ।

फाइल फोटो
फाइल फोटो

शनिवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले राष्ट्रिय संकट  र राजनीतिक संकट अन्त्यका लागि विश्वसनिय सरकार आवश्यक रहेको बताए । कांग्रेस वा एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन वार्ता चलिरहेको भन्दै गच्छदारले दातृ निकाय र जनताको विश्वास जित्न पनि राजनीतिक दलहरुबी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

यही बेला संविधानका विवादित विषयहरुलाई समाधान गरेर फाष्ट ट्रयाकबाट संविधान जारी गर्नुपर्ने उनको भनाई छ । सहमतिको सरकार पछि स्थानीय निकायको निर्वाचन गराएर मुलुकलाई पुर्ननिर्माणको चरणमा लैजानुपर्ने गच्छदारको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment