Comments Add Comment

डीपीडीएचएल ग्रुपले अझै १५ दिन डिजास्टर रेस्पोन्स टिम खटाउने

२ जेठ, काठमाडौं । डीपीडीएचएल समूहको डिजास्टर रेस्पोन्स टिम (डिआरटी) अझै १५ दिन भूकम्प प्रभावितहरुको सेवामा खटिने भएको छ ।

वैशाख १२ को विनाशकारी भूकम्पपछि पराकम्पन मात्रै आउने भूगर्भविदहरुले बताइरहेको बेला वैशाख २९ अर्को ठूलो भूकम्पले थप विनाश गरेपछि डिजास्टर रेस्पोन्स टिमको समय बढाइएको हो ।

DRTयो टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरन्तर सञ्चालनको लागि प्रमुख भूमिका निर्वाह गरिरहने बताइएको छ ।

यो टिम वैशाख १२ देखि नै विमानस्थालमा खटिएको हो । यस भूपरिवेष्ठित राष्ट्रमा अन्तर्राष्ट्रिय दाता संस्थाहरुबाट प्राप्त राहतका सामानहरु ल्याउन यो एयरपोर्ट नै मुख्य बाटो हो ।

तीन रोटेटिङ्ग टिममा बाँडिएका डिएचएलका १८ स्वयंसेवीहरु लजिस्टिक्समा विज्ञ र विपत व्यवस्थापनमा तालिम प्राप्त छन् । टिममा सिंगापुर, मलेसिया, दुबइ, बहराइन, इण्डिया, हङ्कङ्, पाकिस्तान, बेल्जियम, युकेका स्वयंसेवीहरु छन् ।

तीन हप्तामा यो टिमले दुई हजार टन भन्दा बढी राहत सामाग्री युनाइटेड नेसन्स् वल्र्ड फुड प्रोग्रामले चलाएको केन्दि्रकृत एयरसाइड वेयरहाउसमा सार्ने काम गर्दै आएका छन् । त्यहीँबाट नै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले ती राहत सामाग्रीहरुको वितरण गरिरहेका छन् ।

DHL-1प्यासेन्जर र कार्गो एयरक्राफ्टको लागि यो एयरपोर्टमा एउटा मात्र धावन मार्ग छ भने यसले एकपटकमा नौवटा प्लेनहरु थेग्न सक्छ । यसमा पनि प्रति प्लेनमा कार्गोको तौल १९६ टन हुनुपर्छ ।

यो एयरपोर्टको क्षमता, सीमित स्रोत र साधनहरुले गर्दा यस्तो अवस्थामा पनि द्रुत गतीमा पीडितहरुलाई आवश्यक राहत सामाग्री पठाउन सकिएको छैन ।

जतिसक्दो चाँडो चाहिने व्यवस्था मिलाउन हामीले कार्गोलाई एयरसाइडमा आउने प्रक्रिया मिलाएको डीपीडीएचएल समूहका मानवीय मामिलाका निर्देशक क्रिश विक्स्ले बताए ।

अहिले सजिलै र छिट्टै प्लेनहरुबाट अनलोड गर्न र नेपाली समुदायमा राम्रोसँग राहत बाड्न सकिने अवस्था रहेको डीएचएल एक्स्प्रेसका कन्ट्री म्यानेजर गगन मुखियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment