३ जेठ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पाकिस्तानमा हुने पाक-जिम्बावे क्रिकेट सिरिजका लागि अम्पायर नपठाउने भएको छ ।
सुरक्षा सल्लाहकारको रिपोर्टका आधारमा यो फैसला गरिएको बीबीसीले जनाएको छ । आईसीसीका अनुसार पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले यो सिरिजका लागि स्थानीय खेल अफिसियल नियुक्त गर्न सक्नेछन् ।
साथै यो खेललाई आधिकारिक क्रिकेटको मान्यता समेत दिने आईसीसीले बताएको छ । अब पीसीबीले छिट्टै अम्बायर र रेफ्री घोषणा गर्नेछ ।