Comments Add Comment

हैदराबादलाई हराउँदै मुम्बई प्ले अफमा

Mumbai Indians

४ जेठ, काठमाडौं । सनराइजर्स हैदराबादलाई मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा पुगेको छ ।

आइतबार राति भएको खेलमा गर या मरको अवस्थामा रहेको मुम्बईले ९ विकेटले शानदार जित निकाल्यो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा सबै विकेट गुमाएर ११३ मात्र बनाउन सक्यो । उसका लागि लोकेश राहुलले सर्वाधिक २५ रन बनाए ।

अन्य ब्याट्सम्यान चल्न सकेनन् । डेभिढ वार्नर मात्र १ रनमा आउट भए भने शिखर धवन ६ र मोइज हेनरिक्स ११ रनमा पभेलियन फर्किए ।

मुम्बईका तीव्र गतिका बलर मिचेलले १६ रन दिएर ३ विकेट लिए । लासिथ मालिंकाले १७ रन दिएर २ विकेट लिए ।

जवाफमा मुम्बईले ११४ रनको लक्ष्य १३.५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । लेन्डल सिमोन्सले ४८ रन बनाए भने पार्थिव पटेल ५१ रनमा अविजित रहे ।

वर्षाले खेल रोकियो, बैंग्लोर प्ले अफमा

दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको खेल भने वर्षाका कारण प्रभावित भयो । तर, यसबाट पाएको एक अंकका कारण बैंग्लोर अन्तिम चारमा पुगेको छ ।

दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । उसका लागि क्विन्टन डि ककले ६९ र जेपी डुमिनीले अविजित ६९ रन बनाए ।

जवाफमा बैंग्लोरले १.१ ओभरमा २ रन जोड्दा वर्षा भएपछि खेल रोकियो ।

फेरि खेल सुरु हुन सकेन र दुबै टीमले अंक बाँडेपछि बैंग्लोर अन्तिम चारमा पुग्यो । चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्सले पहिले नै प्ले अफमा स्थान बनाएका थिए ।

अब १९ मेको पहिलो क्वालिफायरमा चेन्नई र मुम्बई भिड्नेछन् । २० मेको एलिमिनेटरमा राजस्थान र बैंग्लोर आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment