Comments Add Comment

निजीमा बिरामी लैजान सरकारी अस्पतालमा दलाल !

Bir-Hospital
४ जेठ, काठमाडौं । भूकम्प पीडित घाइते तथा बिरामीलाई निजी अस्पतालमा लैजान दलाल सक्रिय हुन थालेका छन् ।

राजधानीका वीर, शिक्षण, पाटन लगायतका अस्पतालमा दिनभरिजसो निजी अस्पतालका दलालले घाइते तथा घाइतेका आफन्तलाई सरकारी अस्पतालबारे नकारात्मक अफवाह फैलाएर निजीमा लैजान उत्प्रेरित गर्ने गरेको पाइएको छ ।

शिक्षण, वीर, पाटनजस्ता सरकारी निकायमा गएर ती दलालले अप्रेसन गर्नुपर्ने बिरामी यस्तो पालमुनि बसेर कहिले पालो आउँछ ? पालमा बस्दा विभिन्न संक्रमण हुन्छ र झनै पीडा हुन्छ, सरकारी अस्पतालमा उपचार पनि राम्रोसँग हुँदैन, यहाँका सबै डाक्टरहरु निजी अस्पतालमा काम गर्छन, जस्ता अफवाह फैलाउने गरेको घाइतेहरुले बताएको गोरखापत्रमा खबर छ ।

शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले हजारौं बिरामी भएका ठाउँमा आएर यसरी दलाली गर्नेहरु सक्रिय हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment