Comments Add Comment

ग्लोबल आइएमई बैंकको सिइओमा अनिल ज्ञवाली

Anil-Gyawali-Photo५ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिल ज्ञवाली नियूक्त भएका छन् । यसअघि उनी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

नबिल बैंकमा उनको चार वर्षे कार्यकाल सकिएपछि ग्लोबलमा छिरेका हुन् । ग्लोबलका पूर्वसिइओ रत्नराज बज्रचार्य केही दिन अगाडि चार वर्षे कार्यकाल सकिएर केही दिन अगाडि बाहिरिएका थिए ।

ग्लोबलबाट बाहिरिएका बज्राचार्यले भोलिपल्टै सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कम्तिमा चार वर्ष ग्लोबलमा विताउनेछन् ।

यसअघि पनि ज्ञवालीले ग्लोबल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा तीन वर्ष काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment