+
+

भूइँचालोपछि राजधानीका महंगा कुकुरको कन्तबिजोग

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ६ गते १५:५४

६ जेठ, काठमाडौं । भूईँचालोपछि काठमाडौैंको ग्वार्कोमा एउटा सेतो कुकुर बेबारिसे अवस्थामा फेला पर्‍यो । एनिमल नेपाल नामक संस्थाले कुकुरलाई नियन्त्रणमा लिएपछि फोटो खिचेर फेसबुकमा हाल्यो र भन्यो- भूकम्पका बेला भागेको यो कुकुरको मालिक कोही भए सम्पर्क गर्नुहोला ।

dogsकुकरका मालिकले एनिमल नेपालको कार्यालयमा आफ्नो कुकुर लिन पाउँ भन्दै सम्पर्क त गरे, तर संस्थाका पदाधिकारीलाई थप समस्या आइलाग्यो । एनिमल नेपालका डाइरेक्टर उत्तम काफ्ले अनलाइनखबरसँग भन्छन्- ‘यो कुुकर मेरो हो भनेर दुईजनाले दाबी गर्नुभएकाले हामी समस्यामा पर्‍यौं ।’

तर, कुकुरले आफ्नो मालिक आफैं चिन्ने भएकाले कुकुरबाटै सनाखत गरेर वास्तविक धनीलाई उक्त कुकुर जिम्मा लगाइने निर्णय भएको काफ्लेले बताए ।

काफ्लेका अनुसार भूकम्प आएपछि राजधानीमा महंगा कुकुरहरु निकै ठलो संख्यामा घरबाट आत्तिएर भागेका छन् । घर भत्किएसँगै कति कुुकुरहरु पुरिएर मरेका छन् भने केही चाँहि फुत्किएर भागेका छन् र घर भत्किएकाले आफ्नो मालिक पत्तो लगाउन सकिरहेका छैनन् ।
कुकुरका धनीहरुले पनि भूइँचालोमा आत्तिएर भागेको आफ्नो कुकुर फेला पार्न नसकेर छटपटाइरहेका छन् ।

भूकम्पसँगै हराएका त्यस्ता कुकुरहरु १२ हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने महंगा भएकाले कुकुरधनीहरु आफ्नो कुकुर हराएकोमा चिन्तित भइरहेको काफ्लेले अनलाइनखबरलाई बताए ।

काफ्लेहरुले सञ्चालन गर्दै आएको एनिमल नेपालले त्यस्ता हराएका कुकुरहरु संरक्षण गरेर राख्न थालेको छ । भेटिएका कुकुरको फोटो ब्लग र फेसबुकमा राखेर मालिकलाई सम्पर्कका लागि सूचना गर्ने गरिएको काफ्ले बताउँछन् । ‘एनिमल नेपालको फेसबुक हेरेर केही कुकुरहरु फिर्ता लगिसक्नुभएको छ, कसैले हराएको छ भन्दै खोजिदिन आग्रह गर्नुभएको छ ।

भेट्टाएर आफूहरुले राखेका कुकुरले आफ्नो मालिकलाई सम्झेर न्यास्रो मान्ने गरे पनि आफूले खानेकुरा खुवाएर पालिरहेको पशुअधिकारकर्मी काफ्ले बताउँछन् ।

भैंसीको खुट्टामा प्लाष्टर

भूकम्पमा परेर देशभरि ८ हजार बढीको संख्यामा गाई भैंसी लगायतका चौपाया घाइते भएका छन् । हजारौं चौपायाहरु मरेका छन् ।

buffalo‘किसानका लागि एउटा भैंसी आफ्नो घर जग्गाजस्तै महत्वपूर्ण विषय हो, त्यसैले भैंसीको खुट्टो भाँचिदा किसानको मन रोएको छ,’ काफ्लेले अनलाइनखबरसँग भने-‘त्यसैले हामीले सिन्धुपाल्चोक लगायतका जिल्लामा पशु स्वास्थ्यकर्मीलाई लगेर केही चौपायाको अप्रेसन गराएका छौं ।’

cow treatmentभूइँचालोमा घाइते भएका मानिहरुको उपचारमा मात्रै सबैको ध्यान गइरहेका बेला घाइते चौपायाको उपचारमा ध्यान जान नसकेको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?