Comments Add Comment

राज्यकोषमा एकै व्यक्तिको करीव ११ करोड सहयोग

Help for viktim (2)

१० जेठ,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विपतका बेला गाँस काटेर भूकम्प पीडितलाई सघाउने सहयोगी हातहरुलाई सरकारले सधै साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेलायतमा बसोबास गर्ने नेपाली फेसन डिजाइनर रविजंग लामिछानेले व्यक्तिगत रुपमा भूकम्प पीडित राहत कोषमा पठाएको ५१ लाख नगद र करीव १० करोडको जिन्सी सहयोग बुझ्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कोइरालाले भने-यो विपतको बेला आफ्नो र परिवारको गाँस काटेर देशका लागि सहयोगको हात फैलाउनेहरुको उच्च सम्मान गरिनेछ । यो सहयोग कतै पनि दुरुपयोग हुने छैन र त्यस्तो सूचना पाएमा मलाई सिधै खबर गर्नुहोला ।

प्रधानमन्त्रीले राहत कोषमा जम्मा भएको नगद भूकम्प प्रभावित जिल्लाका पीडितको पुनर्स्थापनामा खर्च गरिने र कतै पनि कन्जुस्याइँ नहुने बताए

कोइरालाले राहतमा आँख गाड्ने र भ्रष्टाचार गर्नेेलाई अपराधी करार गरेर कडा कारवाही गर्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरे । उनले विपतको बेला दश करोड बढिको सहयोग गर्ने रविजंग लामिछानेलाई राज्यले उचित समयमा सम्मानित गर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार रविजंग लामेछानेकी आमा रुक्मिणा लामिछानेले छोराले भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका निम्ति बेलायतबाट पठाएको नगद तथा जिन्सी सहयोग कोइरालालाई हस्तान्तरण गरिन् ।

पर्वतका स्थायी बासिन्दा लामिछाने बेलायतमा गार्मेन्ट तथा फेसन डिजाइनको व्यवसाय गर्छन् । उनले ५१ लाख १७ हजार ७२७ रुपैया नगद सहित १० करोड मूल्यका कम्बल, झूल र लत्ताकपडा राज्य कोषमा पठाएका छन् ।

जिन्सी सामान नेपाली सेना र नेपाल प्रहरीमार्फत वितरण गरिने रविजंगका दाजु महेन्द्रजंग लामिछानेले सो अवसरमा जानकारी दिए । रविजंगले गत वर्ष सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितलाई पनि व्यक्तिगत रुपमा ५ लाख रुपैया सहयोग गरेका थिए ।

Help for viktim (1)

यसैबीच आइतवारै भृकुटी हिमालय फाउण्डेशनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५० लाख रुपैया नगद प्रदान गरिएको छ । प्रधानमन्त्री कोइरालालाई ५० लाखको चेक भिक्षु उड्टुप लामाले हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्रीले राहत कोषमा जम्मा भएको नगद भूकम्प प्रभावित जिल्लाका पीडितको पुनर्स्थापनामा खर्च गरिने र कतै पनि कन्जुस्याइँ नहुने बताए ।

उनले आफूले गरेको सहयोग सही ठाउँमा पुग्नेमा विश्वस्त रहन आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment