Comments Add Comment

कालीगण्डकी नदी पुरानै बहावमा फर्कियो, ठूलो खतरा टर्‍यो

Kali-Gandaki-Over-Flow

१० जेठ, काठमाडौं । म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ । तर, यसले कुनै मानवीय तथा भौतिक क्षति भएन ।

सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहाव आएको छ । ‘सानोतिनो पहिरो त झरिरहेको छ । तर, अब ताल सकियो’ चोखालले अनलाइनखबरसँग भने-‘ठूलो खतरा टरेको छ ।’ 

म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।

आइतबार ५ बजेतिर ओभर फ्लो भएर तालबाट पानी बग्न सुरु भएको थियो । तर, ओभर फ्लो भएपछि पानी बगेपछि ताल फुट्दा नदीमा ठूलो पानी आएको थियो । जसका कारण बेनी बजारसम्म नदीको छाल पुगेको थियो ।

झण्डै आधा घन्टा बाढी जस्तै भएर नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ । सहायक प्रजिअ चोखालले भने-सबै भन्दा नजिकको बस्ती भनेकै बेनी हो । यहाा पनि ठूलो भौतिक क्षति भएको छैन ।’

यो पनि पढ्नुस्

पहिरोले कालीगण्डकी नदी थुनिएर बनेको ताल ‘फुट्यो’

 पहिरोले थुनिएको कालीगण्डकीको पानी बग्न थाल्यो

म्याग्दीमा कालीगण्डकी थुनिँदा ८ जिल्लामा सतर्कता

नदी खोल्न म्याग्दी पुगेको प्राविधिक टोली ‘पर्ख र हेर’को अवस्थामा

पहिरोले कालीगण्डकी नदी थुनियो, बेनीसहित दर्जनौं बस्ती जोखिममा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment