Comments Add Comment

भत्किएका घर बनाउन सवा खर्बका काठ आवश्यक

११ जेठ, काठमाडौं । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनहरुले भत्किएका घर पुननिर्माण गर्नमात्र सवा २ करोड क्युबिक फिट काठ आवश्यक पर्ने भएको छ । यसको बजार मूल्य १ खर्ब १५ अर्बभन्दा बढी पर्नेछ ।

गृह मन्त्रालयका अनुसार भूकम्पले चार लाख ६२ हजार ६ सय ५३ घर पूर्ण तथा आशिंक रुप्मा भत्किएका छन् । नेपाली बजारमा सालको काठको मूल्य प्रतिक्युबिक फिट पाँच हजार रुपैयाँमाथि रहेको कारोबारमा खबर छ ।

भूकम्पले क्षति पुर्‍याएको एउटा घर निर्माणका लागि कम्तीमा ५० क्युबिक काठ आवश्यक पर्ने नेपाल वन प्राविधिक संघले जनाएको छ । संघले भने नागरिकका भत्किएका घरको निर्माणका लागि करिब तीन करोड क्यिुबिक फिट काठ आवश्यक पर्ने तथ्यांक सार्वजनिक गरेको छ ।

यो निजी घरहरु निर्माणका लागि हो । सार्वजनिक तथा पुरातात्विक भवन निर्माणका लागि चाहिने काठका विषयमा भने अध्ययन भइरहेको संघका महासचिव विष्णुप्रसाद आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment