Comments Add Comment

प्याब्सनको निर्णय अनैतिक र नाफाखोरः क्रान्तिकारी

१४ जेठ, काठमाडौ । एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले विद्यालय बन्द भएको समयको पनि शुल्क लिने प्याब्सनको निर्णय अनैतिक र नाफाखोर प्रवृत्ति भएको आरोप लगाएको छ ।

Ramesh-Malla-Pressmeet

अखिल क्रान्तिकारीले विहीबार बागबजारमा पत्रकार सम्मेलन गरी विद्यालय बन्द रहेको समयको समेत शुल्क लिने भनी प्याब्सनले गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ ।

प्राकृतिक विपत्तिका बेला सामाजिक उत्तरदायीत्व तथा पेशागत नैतिक मूल्यलाई समेत विर्सिएर प्याब्सनले नपढाएको महिनाको पनि शिक्षण शुल्क लिने भनी गरेको निर्णयले दुखित तुल्याएको क्रान्तिकारी अध्यक्ष रमेश मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आमा, बुवा तथा अभिभावक/संरक्षक गुमाएका बालबालिकालाई आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था, घरवारविहीन बालबालिका र विद्यार्थीलाई चालु शैक्षिकसत्रमा निःशुल्क शिक्षाको व्यवस्था तथा देशभर सबै शिक्षणसंस्थामा अध्ययनरत विद्यार्थीहरुलाई नपढेको महिनाको शुल्क नलिने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको मल्लले बताए ।

यसअघि चार वटै क्रान्तिकारी विद्यार्थी संगठन तथा ८ वटै अखिलको तर्फबाट बन्द समयको शुल्क मिनाहा लगायतका माग राखी सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो ।

परीक्षा सम्बन्धी निर्णय सच्चाउन माग

अखिल क्रान्तिकारीले उच्च माध्यमिक तहको परीक्षा कार्यतालिका सच्चाउन पनि माग गरेको छ । उच्च माध्यमिक शिक्षा परिषदले दुई चरणमा परीक्षा संञ्चालनको कार्यतालिका सार्वजनिक गरेता पनि काठमाडौ उपत्यकाका तीनवटा जिल्लालाई भूकम्पबाट अतिप्रभावित संकटग्रस्त जिल्लामा नपारी पहिलो चरणमै परीक्षा लिन खोजेको क्रान्तिकारीको भनाइ छ ।

मनोवैज्ञानिक उपचारबाट विद्यालय सञ्चालन गर्नुपर्ने

क्रान्तिकारीले बन्द रहेका विद्यालय यथाशीघ्र सञ्चालन गरी मनोबैज्ञानिक उपचार विधिबाट पठनपाठन सञ्चालन गर्न सरकारसँग माग गरेको छ । मनोचिकित्सकको सल्लाह र सहयोगमा मनोबैज्ञानिक उपचार विधिबाट तुरुन्त विद्यालय संचालन गर्नुपर्ने मल्ले बताए ।

आवश्यक बजेटको व्यवस्था गरी ध्वस्त भौतिक संरचनालाई द्रुत गतिमा निर्माण गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

पढ्नुहोस् क्रान्तिकारीको विज्ञप्ति –

akhil-Krantikari-press-rele

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment