१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव (पीए) रमेश महतलाई प्रश्न गर्नेमाथि आक्रमण भएको छ ।

भूकम्प पीडितका लागि आएको जस्ता विक्री गर्न लागेको आरोप लागेपछि महतले पत्रकार सम्मेलन गरेका थिए ।
भृकटीमण्डपस्थित रिपोटर्स क्लबको अस्थायी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कृष्ण बोहोराले जस्ता काण्डबारे प्रश्न सोधेका थिए ।
एमाओवादी कविलास गाउँका अध्यक्ष समेत रहेका बोहोराले स्कुललाई वितरण गर्न ल्याइएको भए किन फर्काइको भनेर प्रश्न गरे । एकद्वार पणाली अनुसार नलगिएकाले जस्तापाता वास्तविक पीडितले नपाएको उनको दाबी थियो ।
जवाफमा महतले आफ्नो बचाऊ गरे । तर, बोहोराले आफूले गाविस सचिवसँग कुरा गरेको अडियो सुनाइदिन्छु भनेपछि कांग्रेस कार्यकर्ताले आक्रण गरे ।
बोहोरामाथि कार्यक्रम संचालन गरिरहेका तरुण दलका नेता प्रमोद रिजालसहितले आक्रमण गरेका हुन् ।
पत्रकार सम्मेलनमा प्रश्न कर्तामाथि आक्रमण भएपछि रिपोटर्स क्लबमा अहिले प्रहरी पुगेको थियो भने पत्रकार सम्मेलन विथोलिएको छ ।