Comments Add Comment

रुपन्देहीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

petrolसलमान खान

२० जेठ, भैरहवा । रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ । पेट्रोलियम व्यवसायीले नै पेट्रोल लुकाएर कृत्रिम अभाव सिर्जना गरेको उपभोक्ताहरुले बताएका छन् । रुपन्देहीमा पाँच दिनअघिदेखि पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

व्यवसायीहरुले पेट्रोल पम्पहरुमा पेट्रोल छैन भनी भनी प्लेकार्ड झुण्ड्याएर राख्ने गरेका छन् । पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुने सुइको पाएपछि मूल्यवृद्धि हुनु केही दिन अघि नै पेट्रोलियम पदार्थको अभाव सिर्जना गरेका हुन् ।

सोमबार मात्रै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेपनि चौतर्फी दवावका कारण एक घण्टा नबित्दै निर्णय उल्ट्याएको थियो ।

पेट्रोलियम पदार्थको अभाव नभएको डिपोको दावी

नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी डिपोका प्रमुख दिनेश यादवले भने जिल्लामा पेट्रोलको अभाव नै नभएको दावी गरेका छन् । भलवारी डिपो प्रमुख यादवले सबै पेट्रोलपम्पमा पेट्रोल रहेकाले अभाव नभएको दावी गरे । बजारमा पेट्रोल पाइएको छैन भने त्यसको अनुगमन गरिने उनले बताए ।

भलवारी डिपोका प्रमुख यादवले गत आइतबारनै रुपन्देहीको भैरहवा स्थित संगम आयल, सितारामलाल विहारी आयल, रिलायन्स पेट्रोलियमलाई ४/४ हजार लिटर, दुर्गा आयल सप्लार्यसलाई ३ हजार लिटर सहित अन्य पेट्रोलपम्पहरुलाई पनि पेट्रोल दिइएको कारण भैरहवामा पेट्रोल अभाव हुन नसक्ने दावी गरे ।

त्यस्तै प्रमुख यादवका अनुसार हिजो मंगलबार पनि भलवारी डिपोबाट अधिकांश पेट्रोलपम्महरुमा पेट्रोल वितरण गरिएको छ । तर भैरहवावासीहरुले सहज रुपमा पेट्रोल नपाएको गुनासो गरेका छन् ।

भारतको बेतालपुरबाट विगतमा दैनिक १०/१२ वटा टैंकर आउने गरेपनि हालका दिनमा ३/४ वटा टैंकर मात्र आउने गरेको कारणले जिल्लामा पेट्रोल अभाव भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम न्यौपानेले बताए ।

उनले बैतालपुरले भलवारी डिपोलाई दिने पेट्रोलको कोटा भन्दा बढी माग भएको र समयमै बैतालपुरबाट पेट्रोलको नआउँदा जिल्लामा अभाव भएको बताए । उनले हिजो मंगलबार मात्र ९ वटा टैंकर भारतबाट आएको २ वटा टैंकरको पेट्रोल भलवारी डिपोमा राखि अन्य बाकी ७ वटा टैंकरको पेट्रोल वितरण गरिएको कारण अब अभाव नहुन सक्ने बताए ।

भलवारी डिपोले ११ वटा जिल्लामा पेट्रोलियम पदार्थ आपुर्ति गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment