Comments Add Comment

प्रधानमन्त्री र प्रियंका लडेको लडै, बल नअाएपछि सुनिल थापा कुर्सीमै बसे(भिडियो)

Pm-Susil-koiral-Playing-Football 2
शनिबार भएको शिर्ष नेता र चर्चित कलाकार विचको मैत्रीपूर्ण खेलले विभिन्न खालको सन्देश दियो । नेताहरु एकसाथ फुटबल खेलिरहँदा देशमा एकताको आवश्यता छ भन्ने देखियो । कलाकारहरु पनि नेतासँगै मिलेर हामी देश बनाउन तयार छौ भन्ने सन्देश दिए ।

तर, फुटबल खेलका क्रममा करिब ९० मिनेटको दौरानमा विभिन्न खालका रोचक दृश्य देखिए । ती मध्ये केही रोचक दृश्य हामीले यहाँ प्रस्तुत गरेका छौ ।

१. खेल सुरु भएको केही मिनेटमै प्रधानमन्त्रीले बल हेड गर्न खोजे । तर, उनले बल भेेटेनन् । बल नभेेटेपनि प्रधानमन्त्री भने मैदानमा लडे । तर, पनि उठेर प्रधानमन्त्रीले २५ मिनेटसम्म मैदानमा आफूलाई राखेका थिए ।

२. एमाओवादी अध्यक्ष प्रचण्ड पनि मैदानमा ५ मिनेटसम्म टिके । तर, उनले बल केही पटक मात्र छुन सफल भए । तर, प्रचण्ड पनि बल खोस्ने दौरानमा मैदानमा लड्न पुगेका थिए ।

नेता र कलाकार विचको रोमाञ्चककारी खेलको केही अंश भिडियोमा हेर्नुहोस्


३. प्रधानमन्त्री सुशिल कोइरालालाई खेल सुरु भएको ५ मिनेटमै रिप्लेस हुन कोच हरी खड्काले आग्रह गरे । तर, प्रधानमन्त्रीले कोच कै कुरा मानेनन् । उनीसँगै खेलेका विभिन्न दलका शिर्ष नेता मैदानबाट बाहिर निस्किए । तर, प्रधानमन्त्रीलाई रिप्लेस गर्न युवा नेताहरुलाई हम्मे-हम्मे नै पर्न गयो । नेपाली कांग्रेसका नेता प्रदिप पौडेल, नेकपा एमालेका नेता योगेश भट्टराइले प्रधानमन्त्रीलाई रिप्लेस हुन आग्रह गरे । तर, उनले मानेनन् र २५ मिनेटसम्म खेल खेले ।bishnu-paudel-ladai

४. नेकपा एमालेका अग्ला नेता बिष्णु पौडेल दौडिन क्रममा आफूलाई नै धान्न सकेनन् । उनी केही बल्ड्याङ खाँदै मैदानमा पछारिएका थिए ।

५. चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र नेकपा एमालेका नेता बिष्णु पौडेल विचको घम्साघम्सी पनि रोचक थियो । तर, दुबै खेलाडी एक अर्कासँग भिड्ने क्रममा मैदानमा लड्न पुगेका थिए ।

६. सबैभन्दा रोचक कुरा त के देखियो भने, कलाकारको तर्फबाट गोलकिपर बनेका सुनिल थापा आफ्नो पोष्टमा बल नआएपछि कुर्सी नै ल्याएर मैदानमा बसे । शिर्ष नेताहरुले सेन्टरबाट माथि बल लैजान नसकेपछि सुनिल कुर्सीमै बसेका थिए । आजसम्म कुनै पनि गोलकिपर मैदानभित्रै कुर्सीमा बसेको देखिएको छैन ।

७. नेकपा माओवादीकी नेतृ पम्फा भुसाल कालो पाइन्ट लगाएरै मैदानमा छिरिन् । सबैजसो नेता र कलाकारले जर्सी लगाउँदा पम्फा भने कालो पाइन्टमै मैदानमा दौडिएकी थिइन् ।

८. करिब २५ मिनेटसम्म फुटबल खेलेका प्रधानमन्त्रीले आफ्नै पार्टीका युवा नेता प्रदिप पौडेलको आग्रपछि बल्ल मैदान छाडे । यसलाई धेरैले बुढा नेताले युवालाई देश हस्तान्तरण गरेको संकेतको रुपमा लिएका थिए ।

९. नायिका प्रियंका कार्की बल छुन भन्दा धेरै दोडिइन् । तर, बल नछोएपनि उनी २ पटक भन्दा बढी लडि्न । अर्की नायिका पूजा शर्मा पनि मैदानमा खुबै जोशका साथ छिरिन् । तर, उनले पनि बल खासै छुन पाएको देखिएन ।

१०. एमाओवादीका युवा नेता बर्षमान पुन र नेपाली कांग्रेसका युवा नेता गगन थापाको खेल उत्कृष्ट देखियो । दुई नेताले एक अर्कालाई पास गर्दै बल खेलेको र विपक्षीलाई छक्याएको दृश्य सबैभन्दा रोचक थियो । अब, यसरी नै युवा नेताले सहकार्य गरेर देश चलाउने बेला आएको सन्देश यसले दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment