Comments Add Comment

भूकम्पको सम्झनामा बन्यो पेन्टिङ, मूल्य १० लाख

painting
भूकम्पको सम्झनामा बनाइएको यो पेन्टिङको मूल्य १० लाख रुपैयाँ राखिएको छ । तस्वीर : कविन अधिकारी/अनलाइनखबर

२५ जेठ, काठमाडौं । गत वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो ।

त्यसैको सम्झनामा बसन्तपुरमा कलाकार ज्योति प्रकाशले ७ दशमलव ८ मिटर लामो क्यानभासमा पेन्टिङ कोरेका छन् ।

उनले भूकम्प गएकै समय पारेर सोमबार विहान ११ बजेर ५६ मिनेटबाट पेन्टिङ सुरु गरेका थिए ।

त्यो पेन्टिङको मूल्य उनले १० लाख रुपैयाँ राखेका छन् ।

‘लाइभ पेन्टिङ’ नाम दिइएको सो कार्यक्रमको आयोजना काठमाडौं ईको होटलले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment