+
+
Shares

मानव बेचबिखनको अारोपमा पक्राउ परेका कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते ९:००

२६ जेठ, रौतहट । जिल्ला अदालत रौतहटले मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका दुई आरोपीलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले रौतहट सदरमुकाम गौरमा रहेको राजु होटल सञ्चालन गर्दै आएका राजु दुलाल र निजकी श्रीमती तारा दुलालले एक महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा कारागार चलान गर्ने आदेश दिएको हो । प्रहरीले उनीहरुलाई गत वैशाख २७ गते पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले सो मुद्दाका विषयमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा बुझाएपछि भएको थुनछेक बहसमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । प्रहरीले अभियुक्तसहित ट्रक चालक कृष्णनन्दन साह र अर्का एक प्रतिवादी बनाए तापनि आरोपी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?