+
+
Shares

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ६:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दुई खेल हुँदैछन् ।
  • दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा तीन खेलमा एक जित र दुई हार बेहोरेको विराटनगरले दुई जित र एक हार भएको जनकपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
  • दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा एक जित, एक रद्द र एक अंकसहितको लुम्बिनीले लगातार दुई खेल हारेको पोखरासँग खेल्नेछ ।

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने-सामने हुनेछन् ।

अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ ।

चितवन र कर्णालीसँग हार बेहोरेको विराटनगरले सुदूरपश्चिमसँग भने जित निकालेको थियो ।

जनकपुरले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौं र पोखराविरुद्ध जित निकालेको थियो ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्ने छन् ।

लुम्बिनी लाइन्सले दुई खेल मध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनीले जित निकालेको थियो भने चितवनविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

पोखराले भने आफ्नो दुवै खेल हारेको छ । पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । लुम्बिनीविरुद्धको खेलमा पहिलो जित निकाल्ने दाउमा पोखरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?