+
+
Shares

हिमग्याप लामाको अभियानले सयभन्दा बढी शव जलायो

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते १०:१२

२६ जेठ, काठमाडौं । भूकम्पमा परी मृत्यु भएका व्यक्तिको शव दाहसंस्कारमा आर्थिक सहयोग गर्दै आएका चलचित्र निर्देशक हिमग्याप लामाको एकल अभियानले अहिलेसम्म एक सय ६ जनाको शव जलाएको छ ।
Himkep-lama
वैशाख १२ को विनाशकारी भूकम्पपछि निर्देशक लामाले व्यक्तिगत रुपमा सुरु गरेको अभियानले पशुपति आर्यघाटमा पुर्‍याइएका बेवारिसे शव तथा खर्च बिहीन अवस्थामा पुगेका आफन्तलाई शव दाहसंस्कारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

पछिल्लो समय भूकम्पमा घाइते भई उपचारका क्रममा मृत्यु भएकाहरुको समेत शव दाहसंस्कारमा लामाको अभियानले सहयोग गरिरहेको छ । यसका साथै अन्य विभिन्न कारणले मृत्यु भएका र आर्थिक समस्या भएका परिवारका आफन्तको शव दाहसंस्कारमा पनि लामाले सहयोग गर्दै आएका छन् ।

पछिल्लो डेढ महिनाको अवधिमा एक सय ६ वटा शवको दाहसंस्कारका लागि आर्थिक सहयोग गरेको लामाले बताए । यसक्रममा, गएको आइतबार २४ गते ‘डग मदर’ को उपनामले परिचित ज्ञानी देउलाको शव दाहसंस्कारमा पनि लामाले सहयोग गरेको लामाको अभियानलाई साथ दिइरहेका नृत्य निर्देशक कमल खालिङ्गले जानकारी दिए ।
dog-mother
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा बस्दै आएकी देउलाले सडकका भूस्याहा कुकुरहरुलाई पालन पोषण गर्दै आएकी थिइन् । यसका साथै, सिन्धुपाल्चोकको कर्थली गाविसमा केही समय अघि भएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका स्थानीइ पाँच व्यक्तिको शव दाहसंस्कारमा पनि लामाले सहयोग गरेका छन् ।

डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएका उनीहरुको शव परीक्षणपछि सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहयोग गर्दै आएका लामाले यो अभियान दीर्घकालिन रुपमा अगाडि बढाउन चाहेको बताएका छन् । उनको यो अभियानबाट खर्च बिहीन अवस्थामा पशुपति आर्यघाट पुगेका व्यक्तिहरुले राहत महसुस गरेको आर्यघाटका एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?