Comments Add Comment

टेक्सासमा सामूहिक इही कार्यक्रम गरियो

ihi pooja texas
टेक्सास । युनाइटेड नेवा: यूएसएको आयोजनामा शनिवार टेक्सासमा दोस्रो सामूहिक इही कार्यक्रम सम्पन्न भएको छ । हरेक २ वर्षमा युनाइटेड नेवा: यूएसएले सामूहिक इही कार्यक्रम गर्दै अएको छ ।

बाल्टिमोरबाट आएका नेवा: पुरोहित भाजु बाशव राजोपध्यद्वारा पूजा तथा इहीको सम्पन्न भएको थियो । सो कार्यक्रममा ५ जना कन्याहरुको इही नेपाल सांस्कृतिक तथा अध्यात्मिक केन्द्र अर्विंगको भवनमा भएको थियो ।

सो कार्यक्रममा धिमे बाजा बजाएर सबै सहभागी कन्याहरु र परिवारहरूलाई भवनमा स्वागत गरिएको थियो ।

कार्यक्रमको स्वागत भाषण युनाइटेड नेवा: यूएसए मिसा पूच: को तर्फ़बाट मयजु कमला शाक्यबाट कार्यक्रम सुरु भएको थियो । बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम यू स्ट्रिममार्फत विश्वभर रहेका सहभागी परिवारका सदस्यहरू यो कार्यक्रम हेरेर रमाएका थिए ।

संस्थाका सल्लाहकार भाजु डा. सन्जिब श्रेष्ठद्वारा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गर्नुका साथै नेपाली समाज टेक्सासका महासचिव भाजु विजय भट्टराईले हाम्रो नेपाली संस्कृतिबारे थप जानकारी पाएकोमा धेरै खुसी ब्यक्त गरे ।

– विकास राज न्यौपाने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment