Comments Add Comment

विश्व बैंकद्वारा ७६ करोड सहयोग

२६ जेठ, काठमाडौँ । विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि ७६ करोड ३८ लाख रूपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ ।

world-bank-logoअर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गरे ।

यातायातसँग सम्बन्धित ऐन तथा नियम तयार गर्नेे लक्ष्य लिइएको उक्त परियोजनाको नेपाल सडक सुरक्षा परिषद् तथा सचिवालयबाट सञ्चालन हुनेछ ।

उक्त परियोेजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वनमा ल्याउने छ । परियोजना कार्यान्वयनपछि मध्यमाञ्चल तथा पश्चिमाञ्चलका ७० हजार मिटर सडक छेउमा बार बनाइने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment