Comments Add Comment

भुटानी शरणार्थी बन्दैछन् जीवन

jiwan-luitel
चलचित्र ‘बाजिगर’को छायांकन सके लगतै नायक जीवन लुइटेल अर्को एक फरक बिषयको चलचित्रमा व्यस्त हुने भएका छन् । चलचित्र ‘रिफ्यूजी’मा जीवन शरणार्थीका नाइके बन्न लागेका हुन् ।

उदय सुब्बाले निर्देशन गर्न लागेको यो चलचित्रको छायांकन असार ५ गतेबाट हुने नायक लुइटेलले जानकारी दिएका छन् । उनका अनुसार चलचित्रलाई झापा, मोरङ र सुनसरी लगायतका स्थानमा खिचिनेछ ।

चलचित्रको कथावस्तु रोचक र फरक शैलीको भएकाले काम गर्न इच्छुक बनेको जीवनको भनाई छ । भुकम्पपछि जनजिवन सामान्य बन्दै गएपछि चलचित्रको छायांकन पनि बढेको छ । चलचित्र छायांकन हुन थालेपछि कलाकारहरु पनि व्यस्त हुन थालेका छन् ।

अमेरिकामा ३ महिना भन्दा लामो समय बसेर नेपाल फर्किएपछि जीवनले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment