+
+
Shares

तारेभीरमा पहिरो खस्दा दुईसय परिवारको बसोबास जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३० गते १९:१३

Tarevir-650

३० जेठ, काठमाडों ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित प्रसिद्ध तारे भीरमा शनिवार विहानैदेखि पहिरो गएपछि तारेभीर आसपका करीव २ सय घर परिवार जोखिममा परेका छन् ।

शनिवार विहान १० बजेतिर पहरोबाट ठूला ठूला ढुंगा सहित पहिरो खसेपछि तारेभीर मुनिको बस्तिका बासिन्दा भागाभाग भएका थिए । यद्यपी पहिरोले कुनै मानवीय क्षति नगरेको त्यस क्षेत्रका सभासद रामेश्वर फुयालले बताए ।

पहिरो लगत्तै सभासद फुयाल सहितको टोली उद्दारका लागि घटनास्थलमा पुगेको थियो । घटनास्थलमै रहेका एमाले पोलिटव्यूरो सदस्य टंक कार्कील तारेभीरको मुनिका बस्ति सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको बताए ।

पहिलो बालुवा गाविसमा रहेको तारेभीर अहिले गोकर्णेश्वर नगरपालिकामा पर्छ । बालुवा गाविसका पूर्व अध्यक्ष उद्धब विष्टले आफूहरु पहिरो लगत्तै तारेभीरमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा सार्ने बारे छलफलमा जुटेको अनलाइनखबरलाई बताए ।

वडा नम्बर ४ र ५ का करीव २ सय तामाङ परिवार पहिरोको जोखिममा परेको विष्टले बताए । उनका अनुसार माथि तारेभीरको पहरोबाट ढुंगाहरु खसिरहेकाले बस्तिनै सार्नुपर्ने अवस्था छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयालले वैशाख १२ को भूकम्प लगत्तै पनि तारेभीरमा सानो पहिरो गएको बताए । उनी सहितको टोलीले हालै तारेभीरको अवलोकन गर्दा पहरो चिरिएको पाइएको थियो ।

सरकारले तत्कालै भूगर्भविदको टोली खटाएर अध्ययन नगर्ने हो भने यो ठाउँमा अझै ठूलो अनिष्ठ हुने सम्भावना देखिएको उनले बताए । यो पहिरो बढ्दै जाँदा नजिको बस्ति र एउटा विद्यालय सार्नुपर्ने देखिएको बालुवाका पूर्व अध्यक्ष उद्धब विष्टले बताए ।

तस्वीरः टंक कार्की 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?