Comments Add Comment

हिरोइन बनाइदिने भन्दै बन्धक बनाएर बलात्कार

आरपी सुवेदी

३० जेठ नेपालगञ्ज । बाँके कोहलपुरकी एक १६ वर्षे किशोरीलाई हिरोइन बनाइदिने प्रलोभन देखाएर एक महिनासम्म बन्धक बनाएर बलात्कार गरेको खुल्न आएको छ ।

rape-victimईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीका आुसार बलात्कारमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् । एक अभियुक्त भने फरार छन् ।

प्रहरीका अनुसार गत बैशाख ३० गते राहुल सिंहले किशोरीलाई सिनेमाको हिरोइनन बनाउने आश्वासन दिदै कोहलपुरदेखि १० किमी पूर्व ढकेरी जंगलमा लगेर बलात्कार गरेका थिए । साथै बेहोश हुने औषधी खुवाएर उनले किशोरीलाई वीरगञ्ज हुँदै पोखरा पुर्‍याएको जाहेरीमा उल्लेख छ ।

किशोरीले दिएको जाहेरीमा आफूलाई औषधी खुवाई बेचबिखनका लागि वीरगञ्ज हुँदै भारत लैजान खोजेको तर, प्रहरीको डरले पोखरा पुर्‍याई करिब एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको उल्लेख छ ।

उनी जेठ १८ गतेसम्म वीरगञ्ज र पोखरामा थिइन् । तर, बन्धक अवस्थाबाट फुत्किएर जेठ २० गते कोहलपुर आएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरमा २६ गते सिनेमा खेलाई दिन्छु भनि बन्धक बनाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी छन् ।

उनले दिएको जाहेरीका आधारमा प्रहरीले पोखरामा सुनचाँदी पसल गरी बस्ने राहुल र राजा सिंहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न सिमान्त दुलाईको खोजी भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment