+
+
Shares

भूकम्प पीडितको सम्झना तथा पुनर्निर्माणका लागि पाँच सय युवा दौडिए

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ६:१०

३१ जेठ, काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी दिवंगत भएकाहरूको सम्झना गर्दै राहत तथा पुनर्स्थापनाका कार्य अघि बढाउन रन फर नेपाल कार्यक्रम आयोजना गरिएको छ । शनिबार बिहान पाटन दरबार स्क्वायरबाट साढे सात बजे सुरु भएको दौड काठमाडौं दरबार स्क्वायरमा आएर समापन भएको थियो ।

Run-for-Nepal-2015

पाँच किलोमिटर दूरीको दौडमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, पूर्वमन्त्रीहरू गणेश शाह, कमल चौलागाईं, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य, गायक रामकृष्ण ढकाल, हाँस्यकलाकारहरु शिवहरि पौडेल, मनोज आचार्य, सुरेन्द्र केसी, सभासद श्यामकुमार श्रेष्ठ, , पेशाकर्मी, नागरिक समाज तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

युवा सञ्जाल काठमाडौं, द ह्वाइट जोन नेपाल र शान्ति तथा विकासको लागि युवा साझेदारी रामेछापको संयुक्त आयोजित कार्यक्रममा सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पुनर्निर्माणमा सबै क्षेत्रको भूमिका महत्वपुर्ण हुने बताए ।

वरिष्ठ  कलाकार मदन कृष्ण श्रेष्ठले पुनर्निर्माणमा सबैले नेपाल सरकारलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिए । यसैगरी वरिष्ठ कलाकार हरिबंश आचार्यले नेपाल निर्माणमा दाताहरुको मुखमात्र नताकी नेपालीहरु आफैँ लाग्नुपर्ने बताए ।

रन फर नेपाल अभियना अन्तर्गत आयोजकले टि–सर्ट बिक्री गरेको छ । पाँच सय रूपैयाँ मूल्य रहेको उक्त टि सर्ट शनिबार मात्रै पाँच सय पचार थान बिक्री भएको द ह्वाइट जोन नेपालका निरोज खड्काले जानकारी दिए । उक्त अभियान अन्तर्गत संकलित रकम ‘नेपाल पुनर्निर्माण अभियान’ अन्तर्गत रामेछाप जिल्लामा लगाइने खड्काले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?