+
+
Shares

यस्तो रहेछ रणबीर कट्रिनाको लभसेल्फी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ९:५९

ranabir katrinaमुम्बई । पछिल्लो समय लजालु नायकको उपाधि पाएका रणबीर कपुरको पहिलो लभसेल्फी सार्वजनिक भएको छ । जहाँ रणबीरको गालामा कट्रिनाले चुम्बन गरिरहेकी छिन् । रणबीर लजाए जस्तो मुडमा देलिन्छन् ।

कटि्रनासंग गहिरो प्रेम हुँदा हुँदै पनि हामीहरुको विचमा कुनै सम्बन्ध छैन भन्दै आएका रणबीरले भर्खरै सार्वजनिक सेल्फीका विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
केही वर्षदेखि लिभईन रिलेशनमा रहँदै आएका रणबीर-कट्रिनाले बिबाहका विषयमा अझै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । उल्टै मौका पर्‍यो भने हाम्रो त भेटै भएको छैन भन्न समेत बेर मान्दैनन् ।

उनिहरुले अंग्रेजी नयाँ वर्षको अवसरमा बेलायतमा ईन्गेजमेन्ट गरेको हल्ला समेत चल्यो । तर, दुबैले यो हल्ला केबल हल्ला मात्रै भएको दाबी गरेका छन् । तर, कपुर खान्दानसँग कट्रिनाको गाढा सम्बन्ध रहेको पुष्टि भैसकेको छ ।

गुपचुप प्रेम गर्दै आएको उनिहरुको सम्बन्धवारे छुट्टी मनाउन गएको वेला खिचिएको तस्बिर सार्वजनिक भएपछि खुलासा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?