+
+
Shares

कोरियामा हराएका नेपाली अझै भेटिएनन्

सउल । कोरियामा बेपत्ताभएका एक नेपाली दुई साता बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । गत मे ३१ तारिख रातिदेखि एक्कासी बेपत्ता भएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हाल सम्म फेला पर्न नसकेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ११:४४

मीनप्रकाश उप्रेती 

सउल । कोरियामा बेपत्ताभएका एक नेपाली दुई साता बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । गत मे ३१ तारिख  रातिदेखि एक्कासी  बेपत्ता भएका तेह्रथुम  ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हाल सम्म फेला पर्न नसकेका हुन् ।

sabin limbuलिम्बु रोजगार अनुमति प्रणालीबाट एक वर्षअघि कोरिया आएका थिए ।  कम्पनी परिवर्तन गरी एक महिनाअघि मात्र ख्यङगीदो आन्सङसीको  खोसाङ क्षेत्रको हान्ग्यल थ्वेजी नोंङजाङ कम्पनीमा उनी  कार्यरत थिए ।

उक्त साँझसँगै खाना खाई सुत्न गएका सबिन बिहान उठ्दा फेला नपरेको सँगै काम गर्ने दिलकुमार लिम्बुले बताए । सबिन केही दिन देखि मानसिक तनावमा रहेका जस्तै देखिन्थे, उनी बारम्बार  उक्त कम्पनीमा काम गर्न नसक्ने भन्दै आएको दिलकुमारको भनाई थियो ।

सबिनले सोही साँझ फेसबुक स्टाटसमा आमा बुबा र आफन्तलाई सम्बोधान गर्दै गल्ती भयो माफ गरिदिनुहोस् भन्दै हराएपछि थप संख्या उत्पन्न भएको परिवार स्रोतले जनाएको छ ।

दुई साता बितिसक्दा पनि सबिन फेला नपर्दा परिवारमा चिन्ता छाएको दिदी सिता मादेम्बाले अनलाइनखबरलाई बताईन् ।

कोरियास्थित नेपाली दूतावास  खोजी कार्यमा गम्बिर नभएको सिताको भनाई थियो । भाइ बेपत्ता भएको सुन्ने बित्तिकै उपनियोग प्रमुख राजा राम वर्तैाला र श्रम सहचारि अनिल गुरुङ्लाई सम्पर्क गर्दा कोरियन प्रहरीले सबै गर्छ हामीले केही गर्नु पर्दैन भन्ने जवाफ पाउदा मन खिन्न भएको सिताले बताईन् ।

उता, श्रम सहचारी अनिल गुरुङ्ले भने दूतावास उक्त घटनामा गम्भीर भएको र खोजी कार्य जारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?