+
+
Shares

भूकम्प प्रभावित ७ जिल्लामा कक्षा १२ को परीक्षा असार १४ देखि

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते १६:२५

३१ जेठ, काठमाडौं । उच्च माध्यामिक परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ ।

HSEB-Nepalअन्य ६८ जिल्लामा भने १२ कक्षाको परीक्षा आइबार सकिएको छ भने ११ कक्षाको परीक्षा मंगलबारदेखि सुरु हुँदैछ ।

भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा भएको थिएन ।

परिषदले आइतबार सात जिल्लामा परीक्षाको मिति तोकिएको हो ।परीक्षामा १९ हजार एक ९६ जना परीक्षार्थीको सहभागिता रहनेछ ।

कक्षा ११ को परीक्षा असार २४ गतेदेखि सुरु हुने भएको छ । कक्षा ११ को परीक्षामा २१ हजार ५५८ जना परीक्षार्थीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?