+
+
Shares

एमआरपीमा त्रुटी नै त्रुटी !

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते ७:२६

३२ जेठ, काठमाडौ । दक्षिण कोरिया पठाइएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी)मा त्रुटी भेटिने क्रम अझै बढेको छ । सोलस्थित नेपाली दूतावासमार्फत रुपान्तरणका लागि पठाइएका राहदानीमा तस्वीर, उमेर, नाता सम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका थुप्रै ‘प्रिन्टिङ एरर’ छन् ।
MRPदूतावासमार्फत करिब १ वर्षअघि आवेदन बुझाई रुपान्तरणका लािग नेपाल पठाइएको राहदानी २ पटकसम्म गल्ती भएर आएको छ । त्यस्ता राहदानी सच्याउन पुनः पठाइएको कारोबार दैनिकमा खबर छ ।

त्यस्ता राहदानी सच्याउन पुनः पठाइएको छ । एक वर्षसम्म पनि राहदानी हात नपरेपछि धेरै युवा अलपत्रमा परेका छन् ।

पर्वत थानापाठा-४ का प्रकाश पौडेल र नागी-१ भोजपुरका सपराज राईका राहदानी २ पटकसम्म गल्ती भएर आएका छन् ।

‘साह्रै लाजमर्दो भो,’ पौडेल भन्दै थिए, ‘म एक वर्षदेखि राहदानीविहीन छु, पुरानो पासपोर्ट पनि छैन । अब भिसा लगाउने समय आउनै लाग्यो, तर राहदानी पत्तो छैन ।’

पहिलो पटक २०१४ अक्टोबर १४ मा उनको राहदानी आएको थियो । त्यतिबेला नम्बर गल्ती परेपछि सच्याउन पठाइएको राहदानी पुनः गल्ती दोहोरिएर आएछ । ‘दूतावासमा सम्पर्क गर्दा पुनः सच्याउन पठाएका छौं भन्छन् तर भिसा सकिन लाग्यो । राहदानी हात परेको छैन,’ उनले भने ।

जोरपाटी-३ काठमाडौका कर्मलामा शेर्पा, बर्दियाका राजेन्द्रबहादुर चन्द, रापाकोट-१ स्याङजाका हरिचरण चपाईँ लगायतका राहदानी पनि त्रुटी छापिएर आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?