+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

घोराही सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

३२ जेठ, घोराही । धुलो, धुवा र ध्वनी प्रदुषण रोक्न माग गर्दै दाङको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगमा स्थानीयले ताला लगाएका छन् । घोराही सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योग मध्येको एक हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १०:०९

Ghorahi-Cement-Industry

निमुसंगम घर्ती
३२ जेठ, घोराही । धुलो, धुवा र ध्वनी प्रदुषण रोक्न माग गर्दै दाङको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगमा स्थानीयले ताला लगाएका छन् ।

उद्योग स्थापना गर्नुअघि भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने र तत्काल देखा परेका समस्याहरु धुलो, धुवा र ध्वनी प्रदुषणलाई रोक्न विशेष यन्त्र जडान गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

घोराही सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योग मध्येको एक हो । सो उद्योगमा सिमेन्ट र क्लिङ्कर उत्पादन हुने गर्दछ । स्थानीयको तालाबन्दीले उद्योगको उत्पादन बन्द नभए पनि चुन ढुंगा लगायतका कच्चा पदार्थ ढुवानीमा समस्या भएको छ ।

मुख्य गेटमा ताला लगाउनु अघि वातावरण संरक्षण तथा सरोकार समिति लक्ष्मीपुरको अगुवाइमा एक हजार बढी स्थानीय बासिन्दा गेट अगाडि जम्मा भएर नाराबाजी गरेका थिए । समितिले यसअघि नै ११ बुँदे माग अघि सार्दै सम्वोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएको थियो । विगतमा भएका सहमति र सम्झौता पालना नभएकाले बाध्य भएर ताला लगाउनु परेको समिति संयोजक भरतराज देवकोटाले बताए ।

Ghorahi-Cement-Industry-2

  • ताला लगाउनु अघि उद्योगको गेट अगाडि जम्मा भएका स्थानीय

समितिले रातभर उद्योग सन्चालन हुँदा निदाउन नसकिएको भन्दै राति ८ देखि विहान ४ बजेसम्म कारखाना बन्द गर्नुपर्ने, चुनढुंगा ल्याउने सडकको क्षमताभन्दा धेरै लोड बोकेर हिँड्ने गाडीका लागि वैकल्पिक सडक बनाउनुपर्ने, उद्योगको उत्पादन क्षमता बढाउन नहुने, उद्योगले स्थानीय निकायमा बुझाउनुपर्ने कर बुझाउनुपर्ने र उक्त कर स्थानीय निकायले प्रभावित क्षेत्रको वातावरण संरक्षणमा खर्च गर्नुपर्ने लगायतका माग राखेको छ ।

साथै विगतमा स्थानीयसँग भएका सम्झौता अनुसार खानेपानी, बाटो लगायतका विकास निर्माणका योजनाहरु तत्काल शुरु गर्नुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिएर श्रमिक ऐन लागु गर्नुपर्ने, जथाभावी फोहर फाल्ने कार्य बन्द गर्नुपर्ने, धुलो, धुवाँ र ध्वनि प्रदूषण रोक्न तत्काल मेसिन जोड्नुपर्ने र मागहरु पूरा गर्न नसके उद्योग स्थानान्तरण गर्नुपर्ने समितिले माग गरेको छ ।

यसैबीच विबादलाई टुंग्याउने विषयमा उद्योगदेखि ४ किलोमिटर टाढा दाङ जिल्ला उद्योग वाणिज्य संघमा सबै पक्षबीच वार्ता भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?