Comments Add Comment

संविधानसभा छाड्ने सदभावनाको धम्की

१ असार, काठमाडौं । सद्भावना पार्टीले सीमांकन विनाको संघीयता भएको संविधानसभाको मस्यौदा ल्याए संविधानसभा नै छाड्ने धम्की दिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मंगलबार बानेश्वर लाखेमार्गस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले नाम र सीमा नभएको संघीयता स्वीकार्य नभएको बताए ।

‘सीमांकन सहितको संविधानका लागि हामी अहिले पनि संघर्ष गरिरहेका छौं’ उनले भने-‘संविधानको मस्यौदा फुल हाउसमा ल्याउँदा पनि हाम्रो कुरा सुनिएन भने संविधानसभा छाड्न सक्छौं ।’

उनले अहिले पनि दलहरुले १६ बुँदेलाई सच्याएर सीमांकन सहितको संघीयता आउने आश नमारेको बताए । उनले भने-‘म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भने जस्तो गरेर नोट अफ डिसेन्ट लेखेर ताली बजाएर बस्दैनौं ।’

प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति असंवैधानिक भएको सदभावनाको निष्कर्ष छ । ‘यो संघीयतालाई नै समाप्त पार्ने षड्यन्त्र हो भन्ने हाम्रो आशंका छ’ महतोले भने-‘संघीयतासहितको संविधान बनाउन जनताले चुनेर पठाएका हुन् । त्यसमा कुनै बेइमानी हुन्छ भने स्वीकार्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment