Comments Add Comment

अाइएमइ समूहले किनेको एनबी इन्स्योरेन्सले कारोबारको अनुमति पायो

३ असार, काठमाडौं । ग्लोबल अाइएमइ समूहले किनेर सुधारको प्रक्रिया अघि बढाएपछि समस्याग्रस्त एनबी इन्स्योरेन्सको कारोबार फुक्का भएको छ । नयाँ समूहले कम्पनीलार्इ सुधार गरेर सञ्चालन गर्ने प्रतिवद्वतासहितको कार्ययोजना बुझाएपछि नियामक निकाय बीमा समितिले कारोबार फुक्का गरेको हो ।

Global-and-Imeकम्पनीले अनुमतिपत्र समयमै नविकरण नगराएको, समितिले तोके अनुसारको चुक्तापुँजी नपुगेको, दाबी भुक्तानी सहज रुपमा नगरेको जस्ता कैफियत देखाउनदै समितिले १४ पुस २०७० मा एनबीको सबै कारोवारमा रोक लगाएको थियो ।

कारोबारमा रोक लगाउना साथ ग्लोवल अाइएमइ समूहले कम्पनीमा रहेको एनबीसमूहको समेत गरी ५७ प्रतिशत सेयर किनेपछि यो कम्पनी खारेजीमा जानबाट रोकिएको हो ।

बुधवार एनबी इन्स्योरेन्सलाई कारोवार गर्न अनुमति पत्र दिएको बीमा समितिले जनाएको छ ।  कम्पनीलाई समितिले प्रत्येक महिना आफ्नो कारोवारको विवरण वुझाउने शर्तसहित कारोवार फुकुवा गरेको छ । त्यसैगरी, विगतमा समितिका नीति निर्देशनको पालना नगरेको भन्दै समितिले २५ हजार रुपैयाँ जरिवाना पनि  तिराएको छ ।

समितिले कारोवार फुकुवा गरेसँगै आगामी सातादेखि कारोवार सुरु गर्ने तयारी भएको कम्पनीले जनाएको छ । कम्पनीले करोवार संचालन गर्नको लागि आवश्यक कार्यालय, कर्मचारी तथा अन्य आवश्यक ब्यवस्था गरिसकेको छ ।

हकप्रदमार्फत पुँजी बढाईने

नयाँ समूहले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना बनाएको छ । नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्यूनतम पूँजी २५ करोड हुनुपर्ने नियम बनाएको छ ।

तर, एनबीको चुक्ता पुँजी १४ करोड रुपैयाँ मात्रै छ । बीमा समितिले तोकिएको चुक्ता पुँजी पुर्‍याउन नसकेको लगायतका कारणमा एनबीलाई कारवाही गरेको थियो ।

ग्लोबल  इन्स्योरेन्स बनाइने 

एनबीको इमेज राम्रो नभएकाले र अाइएमइ समूहको प्रवेससँगै यो कम्पनीको नाम ग्लोबल इन्योरेन्स राखिने बताइएको छ ।

को हो अाइएमइ समूह ?

अाइएमइ समूह पछिल्लो समयमा खासगरी बैंक र रेमिट कम्पनीको व्यवसायमा उल्लेख्य सफलता हासिल गरेको कम्पनी हो ।  यो  समूहका अध्यक्ष चन्द्र ढकाल हुन् । यो समूहले इन्टरनेसनल मनी एक्सप्रेस (आइएमइ), ग्लोवल आइएमई बैंकबाट आफ्नो समूहलाई स्थापित गरिसकेको छ । समूहले चन्द्रागिरी केवलकार सञ्चालन हुँदैछ भने अटोमोवाईल, ग्यास लगायतका क्षेत्रमा पनि आईएमई समूहको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment