Comments Add Comment

चीनको लियाजिङमा खुल्यो चाैधरी ग्रुपको जिंक जर्नी रिसोर्ट

Jink-Jurney-China-2
३ असार, काठमाडौं । सिजी होटल्स एण्ड रिसोर्टले चीनको लियाजिङमा ‘जिंक जर्नी अरोखाम्पा’ नामक अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याएको छ । सिजी होटल्स एण्ड रिसोर्टले पर्यटन उद्योगमा आफ्नो विश्वव्यापी बलियो उपस्थिती जनाउने रणनीति अन्तर्गत लियाजिङमा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

लियाजिङ भ्रमणमा आउने विश्वका गुणस्तरीय पर्यटकहरुका लागि यो रिसोर्ट पहिलो रोजाई बन्ने विश्वास कम्पनीको रहेको छ । जिंक जर्नी अरोखम्पा रिसोर्ट ऐतिहासिक शहरको संस्कृती, परम्परा, खानपान, रहन सहनलाई सम्मानीत गर्ने ध्येयका साथ निर्माण गरिएको छ ।

यस रिसोर्टमा आधुनिक सुविधासम्पन्न कोठाहरु रहेका छन् । जहाँ पर्यटकका लागि आफ्नो रोजाईअनुसार डिलक्सदेखि सुइट रुमहरु उपलब्ध रहेका छन् । रिसोर्टका प्रत्येक कोठाहरुबाट प्राकृतिक सौन्दर्यताको स्वाद लिन सकिन्छ । जियाजिङमा रहेका सुन्दर हिमालका चुचुराहरु र पानीसँग रमाउँदै जिविका चलाउने जिवन पद्धतीलाई रिटोर्सका कोठाहरुबाट अवलोकन गर्न सकिन्छ ।

सबै सुइट आवासहरुमा राजकीय स्तरका बेड रहेका छन् । यि आवास बाहिर मनोरम एवं आरामदायी चौतारी, वाकइन फोहोरा लगायतका सुविधा रहेका छन् । प्राकृतिसँग अनुभुति साट्न सकिने गरि निर्माण गरिएका सुइटहरुमा पर्यटकले जीवनको अनुपम अनुभुति पाउनेछन् ।

सम्पूर्ण सुईट आवासहरु अत्याधुनिक सेवा सुविधाबाट सु-सज्जित रहेका छन् । जहाँ पर्यटकले आफ्नो इच्छाअनुसारका खानपान र सेवा उपभोग गर्न पाउनेछन् ।

Jink-Jurney-Chin

यहाँ पाहुनाहरुलाई ‘नाक्सी ग्यास्ट्रोनोमी जिंक जर्नी स्टाईल’ को अनुभव पनि गराइन्छ । जस्मा पाहुनाहरुले आफै तरकारी टिप्ने, कुखुराको तथा अन्य मासुलाई बिशेष नाक्सी परम्परा अनुसार पकाउने अनुभव लिन पाउनेछन् ।

रिसोर्टमा प्रयोगमा रहेका केही परिकारले पाँच सय बर्षभन्दा पनि पुरानो इतिहास बोकेका छन् । तर, यि परिकार पोषण र सन्तुलित आहारको दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छन् । यहाँ आउने पाहुनाले यि परिकारको स्वाद लिन पाउनेछन् ।

यस अवसरमा बोल्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जिंक जर्नीको विश्वब्यापी विस्तार भइरहेकोमा सन्तोष ब्यक्त गरे । ‘हामी जिंक जर्नी ब्राण्डका थप अत्याधुनिक रिसोर्ट विस्तार गर्न पाउदा खुसी छौं, यसका लागि प्राप्त भएका सकारात्मक प्रतिक्रियाबाट हामी भाव विव्हल भएका छौं’ अध्यक्ष चौधरीले भने- ‘विश्वब्यापी रुपमा आथित्यताको आफ्नै दर्शनलाई बलियो बनाउँदै लैजाने हाम्रो उद्देश्य छ ।’

युनेस्कोको विश्व सम्पदा सूचिमा रहेको लिजियाङमा यो रिसोर्ट रहेको छ । यो शहर राम्रोसँग सुरक्षित गरिएका भवनहरुका कारण आकर्षक रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment